Main News

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो, कुन प्रदेशमा कति मृतक ?

हिमालय टिभी
२०७७ साउन ३१ गते ७:१३
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो, कुन प्रदेशमा कति मृतक ?

३१ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट नेपालमा ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो ।

जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा काठमाण्डौ पठाइएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बिहीबार निधन भएको र शुक्रबार कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्दा ७८ जना पुरुष र २२ जना महिला रहेका छन् ।

अहिलेसम्म प्रदेश नम्बर १ मा नौ जना, प्रदेश २ मा ४३ जना र बागमती प्रदेशमा १८ जनाको कोरोनाबाट ज्यान गएको छ ।

यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा मात्रै कोरोनाका कारण पाँच जनाको ज्यान गएको छ । मोरङ, धनुषा र सिरहामा १ १ जना र बारामा दुई जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *