बारा र पर्सामा थप ३५ जनाको कोरोना संक्रमण पुष्टि

२९ साउन, २०७७, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो परीस्क्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराका १ र पर्साका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
थपिएका सङ्क्रमित मध्ये अधिकांश वीरगञ्ज महानगरपालिकाको विभन्न वडाका बासिन्दा रहेका छन् भने २ जना छिपहरमाई गाउँपालिका र एक जना बाराको प्रसौनी गाउँपालिकाका रहेका नारायणी अस्पतालको प्रयोशालाले जनाएको छ । सङ्क्रमित मध्ये १० जना महिला छन् ।
वीरगञ्ज महानगरपालिकास्थित रेलवे माध्यमिक विद्यालय र त्रिजुद्ध माधमिक विद्यालयमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् ।
रेलवेको कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जनामा कोरोना पुष्टि भएको छन् भने त्रिजुद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ४ जनामा सङ्क्रमित भएका छन् ।
प्रतिक्रिया