Main News

बढ्दैछ कोरोनाबाट हुने मृत्यु, अवस्था भयावह हुने विज्ञको चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २८ गते २०:०२
बढ्दैछ कोरोनाबाट हुने मृत्यु, अवस्था भयावह हुने विज्ञको चेतावनी (भिडियोसहित)

२८ साउन, २०७७ काठमाडौं । कोरोना रोकथाममा राम्रो काम गरेका कारण अरु देशको तुलनामा नेपालमा कमै मानिसको मृत्यु भएको भनेर सरकारले गर्व गर्दै आएको थियो । तर अहिले कोरोना संक्रमण समुदायमै फैलिएपछि कोरोनाका कारण ज्यान गुमाउने बढ्दै गएका छन् । पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुने क्रम किन बढेको छ र यसलाई कसरी कम गर्न सकिन्छ ? के भन्छन् विज्ञहरु ?

जेठ ३ गते नेपालमा कोरोनाका कारण पहिलो मृत्यु भएको थियो । शिक्षण अस्पतालमा सुत्केरी भएर सिन्धुपाल्चोक घर गएकी महिला विरामी परेपछि उपचारका लागि धुलिखेल ल्याइएको थियो । उनको त्यही मृत्यु भयो ।

अरु देशको तुलनामा नेपालमा संक्रमितमा देखिने समस्या र मृतकको दर कम छ । जुन राम्रो पक्ष हो । तर यसैलाई आधार मानेर बस्ने हो भने आउँदा दिन अझै भयावह हुने विज्ञहरुको चेतावनी छ । आइसोलेसन वार्ड, आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा सरकारले अझै ध्यान नदिन हो भने मृतक अझै बढ्नेछन् ।

मृत्युपछि कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भयो । र साउन २० गतेसम्ममा कोरोनाबाट जम्मा ५८ जनाको मृत्यु भयो । तर २० गते यता ९ दिनमा ३३ जनाको ज्यान गएको छ । २० गते यता हरेक दिन कोरोनाका मान्छेको ज्यान गैरहेको छ । मृत्यु हुनेमा धेरै जसो रोग प्रतिरोधात्मक क्षमता कम भएका, फोक्सोका समस्या भएका, जेष्ठ नागरिक छन् । अहिले मृतकको संख्या किन बढ्दैछ ।

अरु देशको तुलनामा नेपालमा संक्रमितमा देखिने समस्या र मृतकको दर कम छ । जुन राम्रो पक्ष हो । तर यसैलाई आधार मानेर बस्ने हो भने आउँदा दिन अझै भयावह हुने विज्ञहरुको चेतावनी छ । आइसोलेसन वार्ड, आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा सरकारले अझै ध्यान नदिन हो भने मृतक अझै बढ्नेछन् ।

पहिलो कोरोना संक्रमण देखिएको ७ महिना भैसक्यो । कोरोना संक्रमण रोक्न र आवश्यक तयारी गर्न भनेर सरकारले चैतमा त लकडाउन नै गर्‍यो । लकडाउनका बेलामा जनतालाई घरमा थुनेर सरकार कमिसन र अनियमिततमा फस्यो ।

कोरोना रोकथामका लागि औषधिजन्य सामान किन्दा होस् वा संभावति संक्रमितलाई क्वारन्टिनमा राख्ने काममा नै किन नहोस् । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पारदर्शी र चित्तबुझ्दो काम गर्न सकेनन् । अस्पताल, आइसोलेशन बेड, आइसीयू र भेन्टिलेटरको जोहो गर्नु पर्ने समयमा संघीय सरकारको ध्यान त्यसमा गएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सबै सामान्य हो भन्ने भ्याउनुभयो । पार्टी भित्रको विवादका कारण प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउन र अरुको आलोचनामै छ । सरकारी अधिकारी विरामीलाई भेन्टिलेटर, आइसियूको व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको भन्न थालेका छन् । त्यसैले आआफ्नो ढंगले संक्रमणबाट बच्नुको विकल्प छैन ।

कोरोनाका कारण मृत्यु हुनेमा दीर्घ रोगी र जेष्ठ नागरिक मात्र छैनन् । युवा र यसअघि कुनै समस्या नै नदेखिएका व्यक्तिको पनि कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । त्यसैले अब कोरोनाबाट जोगिन आफैँ सजग हुनुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *