Main News

नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु, मृत्यु हुनेमा ललितपुरमा तीन जना

हिमालय टिभी
२०७७ साउन २८ गते १२:३५
नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु, मृत्यु हुनेमा ललितपुरमा तीन जना

२८ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । ललितपुरमा ३, सप्तरी, मोरङ र रुपन्देही र सुनसरीमा एक(एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

ललितपुरको मेडिसिटी अस्पतालमा गएराति उपचाररत एक कोरोना संक्रमतिको मृत्यु भएको छ। कोरोना संक्रमित जनकपुरका पूर्व मेयर तथा रामा होटलका संचालक कृष्ण गिरीको मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि उहाँ २० दिनअघि अस्पताल भर्ना हुनु भएको थियो। उपचारको क्रममा गिरीको मृत्यु भएको उहाँका छोरा डा। सन्तोष गिरीले जानकारी दिनुभयो।

यस्तै ललितपुरको पाटन अस्पतालमा जनकपुर घर भएकी एक महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । मेनेन्जाटाइटिसको बिरामी उनी ५ दिनअघि अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ।

ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । गएराति मृत्यु भएकी ती महिलाको आज बिहान कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो । मृतक काठमाडौं टेकुकी ७८ वर्षीया रहेको अस्पतालले जनाएको छ । उनलाई यही साउन २६ मा पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिका–६ बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। हिजो कोरोना संक्रमण पुष्टि भएपछि राति साढे ९ बजे आइसोलेसन लैजाने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । यादवका अनुसार उनी उच्च रक्ताचाप, दम र मुटुका रोगी थिए।

यस्तै, रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ। उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्वर २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा अर्का एक जनाको पनि मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।

उनी साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी रहेको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *