Main News
कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयरको मृत्यु
२०७७ साउन २८ गते ९:२६

२८ साउन, २०७७। जनकपुरधाम । कोरोना संक्रमणबाट जनकपुरधामका पूर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ ।
उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिनुभयो । ७२ वर्षीय गिरी मुटुसहित विभिन्न रोगका विरामी रहेको बताइएको छ ।
विगत २० दिनदेखि काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचारार्थ गिरीको अवस्था खराब भएपछि एक सप्ताह अगाडि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
गएराती उहाँको मृत्यु भएको हो । जनकपुरधामस्थित उहाँका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयरसमेत बनेका गिरीको श्रीमती र दुई छोरा छन् । छोराहरु चिकित्सा पेशामा एक अष्ट्रेलिया र एक ब्रुनाइमामा बस्दै आएका छन् ।
प्रतिक्रिया