Main News

ध्यान दिनुस्, सावधानी अपनाए कोरोनाबाट हुने मृत्युबाट बाँच्न सकिन्छ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २७ गते २०:३७
ध्यान दिनुस्, सावधानी अपनाए कोरोनाबाट हुने मृत्युबाट बाँच्न सकिन्छ (भिडियोसहित)

२७ साउन, २०७७ काठमाडौं । केही हप्तायता कोरोनाका कारण मृत्यु हुनेको संख्या बढेसँगै सावधानी भन्दा पनि नागरिकमा त्रास बढिरहेको छ । यो अवस्थामा नागरिकले सावधानी अपनाए कोरोनाका कारण हुने मृत्युमा कमि ल्याउन सकिन्छ ।

‘मास्क लगाउनुहोस्, आवश्यक कामबाहेक बाहिर ननिस्कनुस्, साबुनपानीले मिचिमिची हात धुनुहोस्, दुरी कायम गर्नूहोस्’

यस्ता सन्देश विभिन्न माध्यमबाट सुनेको, हेरेको अनि पढेको पाँच महिना पुगिसकेको छ । तर कोरोनाबाट बच्न सुझाइएका सन्देशहरु अझैसम्म पनि व्यवहारमा लागु भएको छैन । घाँटीमा मास्क लगाएर बजार निस्कनेको बाक्लै भिड छ । भौतिक दुरी कायम गर्ने कुरा व्यवहारमा पटक्कै देखिएका छैनन ।

लकडाउन अन्त्य भएको घोषणा गरेसँगै नागरिकले अपनाउनु पर्ने सावधानी नअपनाउँदा, सरकारले फेरि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । नागरिकले सावधानी नअपनाउँदा निषेधाज्ञाको बाटो लिनु परेको सरकारको भनाइछ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोरोनाले छिटो प्रभाव पार्ने भएकाले डराउनेभन्दा पनि सचेत हुनु पर्ने र सावधानी अपनाउनु पर्ने देखिन्छ । अनि सरकारले पनि जोखिमपूर्ण वर्गलाई बचाउन बढी ध्यान दिनु पर्ने विज्ञको सुझाव छ ।

कोरोना संक्रमण नियन्त्रणमा राज्यले खेल्नु पर्ने भुमिका प्रभावकारी नभएको भन्दै आलोचना भैरहेको छ ।

अब नागरिकले सरकारको आलोचना मात्रै गरेर पुग्ने अवस्था छैन तसर्थ नागरिकले पनि आफ्नो कर्तव्य पूरा गरे मात्रै कोरोनाविरुद्धको लडाईं जित्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *