सुशिल भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश

२७ साउन, २०७७ काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम मा नलगाउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो। उच्चले अन्तरिम आदेशका विषयमा छलफल गर्ने अर्को पेशी साउन ३२ गतेलाई तोकेको छ ।
अदालतले निवेदनमा उठाएको विषय सार्वजनिक महत्वको भएको र कानुनी प्रश्नलाई दृष्टिगत गरी एमिकस क्युरी पनि माग गरेको छ । उच्च अदालतले दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रुपमा पठाइदिन अदालत बार एसोसियसनलाई भनेको छ ।
अधिवक्ता जयबहादुर भुजेलले भट्टको योग्यता नपुगेको र कानुनसम्मत नभएको भन्दै नियुक्ति खारेजीको मागसहित रिट दायर गर्नुभएको थियो ।
भट्ट कालोसूचीमा परेको कम्पनीमा आवद्ध भएको तथा प्रमूख कार्यकारी अधिकृतका लागि योग्यता नपुगेको रिट निवेदनको दावी छ ।
प्रतिक्रिया