Main News
झापामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका युवकको मृत्यु
२०७७ साउन २७ गते १३:१२

२७ साउन, २०७७, झापा । झापाको मेची अंचल अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको आज बिहान मृत्यु भएको छ ।
झापा कन्काई नगरपालिका ५ का १७ वर्षीय रोशन सुनारको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आउन बाँकी छ ।
प्रतिक्रिया