Main News

जनकपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ साउन २७ गते १३:०७
जनकपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

२७ साउन, २०७७ धनुषा । जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा गएराती ६० वर्षीय पुरुषको भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि यही साउन ८ गतेदेखि ओइशोलेसनमा राखेर उपचार भइरहेको थियो ।

मृतक विदेह नगरपालिका वडा नम्बर ८ का रहेको अस्पतालले जनाएको छ । मृतकमा टिवी र रक्चतापको समस्या समेत रहेको प्रादेशीक अस्पतालको कोभिड(१९ संयोजक डाक्टर जामुन सिंहले जानकारी दिनुभयो ।

शव व्यवस्थापनको तयारी भइरहेको सिंहले बताउनुभयो । यससँगै कोरोना संक्रमणबाट धनुषामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *