Main News

कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु, ३३८ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ साउन २६ गते १६:३८
कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु, ३३८ जना नयाँ संक्रमित थपिए

२६ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ तथा वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा एक-एकजनाको मृत्यु भएको हो ।

काठमाडौंको मध्यवानेश्वर र ट्याङ्ला फाँटमा दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

यसैगरी जनकपुरधाममा हिजो मृत्यु भएका ४७ वर्षिय पुरुषमा आज संक्रमण पुष्टि भएको छ । धनुषा मिथिला विहारीका ति पुरुषको विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा मृत्यु भएका थियो । उनी सोही अस्पतालका सुरक्षा गार्ड रहेको बताइएको छ ।

रुघाखोकी र झाडापाखालासँगै ज्वरो आएपछि गाउँमै औषधी खाइरहेका उनलाई स्वास प्रश्वासमा समस्या भएपछि हिजो अस्पताल पुर्‍याइएको थियो । उनको रिपोर्ट नआउँदै हिजो नै दाहसंस्कार गरिसकिएको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले भने आज यसवारे जानकारी गराएको छैन ।

यस्तै नेपालमा थप ३ सय ३८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा ४४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । काठमाडौंमा ३६, ललितपुर र भक्तपुरमा ४–४ नयाँ संक्रमित भेटिएका छन् । आज सबैभन्दा बढी बाँकेमा ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार ८ हजार ४ सय ३२ पीसीआर परीक्षणमा ३ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण भएकोमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ ।

सोमबार १ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ३ र गण्डकी प्रदेशमा १ हजार ४ सय ६५ जना डिस्र्चाज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८१, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४० गरी आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रदेश नम्बर १ मा ५ सय २९, प्रदेश नम्बर २ मा ३ हजार १ सय ४४, बागमती प्रदेशमा १२ सय १० र गण्डकी प्रदेशमा २ सय ३३ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ४३, कर्णाली प्रदेशमा १ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९५ गरी ६ हजार ७ सय ३८ जना संक्रमित विभिन्न अस्पतलाका आइसोलेसनमा उपचाररत रहेका छन ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय ६४, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३०, बागमती प्रदेशमा १ हजार २२ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय २७, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ४२ गरी देशभरी १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा रहेका छन ।

मन्त्रालयले नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *