Main News

पर्सामा २२ र महोत्तरीमा १८ सहित थप ४० जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २६ गते १२:५२
पर्सामा २२ र महोत्तरीमा १८ सहित थप ४० जनामा कोरोना संक्रमण पुष्टि

२६ साउन, २०७७, पर्सा । पर्सामा एक वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा एक वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित वडाध्यक्ष पर्साको पोखरीया नगरपालिका १ का बंका राउत कुर्मी हुनुहुन्छ ।

त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय एक चिकित्सक, २२ र २३ वर्षका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पतालमा कार्यरत २० वर्षीया महिला स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका तीन कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगञ्जको छपकैया, विर्ता, श्रीपुर, आदर्श नगर, नगवा लगायतका टोलमा कोरोना संक्रमित देखिएका छन्।

त्यसैगरी महोत्तरीमा मुख्यमन्त्री कार्यालयका कर्मचारी, वडाअध्यक्ष, ईन्जिनियर, स्वास्थ्यकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टी भएकामा प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा कार्यरत मटिहानी नगरपालिका घर भएका एक कर्मचारी रहेका छन् ।

लोहारपट्टी नगरपालिकामा दुई वडाअध्यक्ष, एक ईन्जिनियर र अन्य कर्मचारी तथा नगरपालिकाको सम्पर्कमा रहेका ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै रामगोपालपुरका दुई जना, मनरा सिस्वाका एक जनामा संक्रमण देखिएको छ ।

यसैबीच, जिल्लामा संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आफ्नो पछिल्लो निषेधाज्ञा भदौ १ गते राती १२ बजेसम्मको लागि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *