Main News

वीरगञ्जमा कोरोनाका कारण थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन २६ गते १२:४८
वीरगञ्जमा कोरोनाका कारण थप एक जनाको मृत्यु

२६ साउन, २०७७, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षण पछि मृतकको रिपोर्ट पोजेटिभ आएको हो ।

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा वीरगञ्ज महानगरपालिका(१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

उच्च रक्तचाप र थाइराइडकी बिरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले उनलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ ।

थप एक जनाको मृत्यु भएसँगै वीरगञ्जमा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

वीरगञ्जमा फेला परेको एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराका २ जना र रौतहटका १ जनाको पनि उपचारको क्रममा वीरगञ्जमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *