Main News

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

हिमालय टिभी
२०७७ साउन २५ गते १८:५३
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

२५ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कास्की र पर्सामा एक एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

यसैगरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा एक जना ७० बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

स्वास प्रश्वास सम्बन्धी समस्या भए पछि शुक्रबार अस्पातल भर्ना भएकी कोहलपुर नगरापलिका बडा नम्बर २ की ७० बर्षिया महिलाको उपचारका क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको शिक्षण अस्पताल कोहलपुरका निर्देशक डाक्टर दिनेश श्रेष्ठले बताउनुभयो ।

साउन २३ गते नै स्वाब संकलन गरेर परिक्षणका लागि भेरी अस्पतालमा पठाइएको थियो । कोरोना पोजेटिभ रिपोट आएको केहिबेर महिलाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ । यद्यपि बाँकेको यो घटना स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा उल्लेख गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *