Main News

नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, ३८० जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ साउन २५ गते १६:३४
नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, ३८० जना संक्रमित थपिए

२५ साउन, २०७७ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा काठमाडौं उपत्यकामा ९२ सहित थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षणमा तीन सय ८० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

काठमाडौंमा ९० र ललितपुरमा दुई जना संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित डिस्चार्ज भएको गौतमले जानकारी दिनुभयो ।

योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ। नेपालमा ६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा गरिएको छ। हाल देशभर ११ हजार ३८ जना क्वारन्टिनमा छन्।

यसैबीच नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कास्की र पर्सामा एक एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *