Main News

धनुषामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

हिमालय टिभी
२०७७ साउन २५ गते १२:४५
धनुषामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु, कोरोना परीक्षण हुँदै

२५ साउन, २०७७, धनुषा । धनुषाको जनकपुरधाममा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको शंका गरिएको छ । यद्यपि दुवैको स्वाब परीक्षण हुन बाँकी छ ।

जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत मिथिला बिहारी वडा नम्बर ५ का एक पुरुषको शंकाष्पद मृत्यु भएको हो ।

बिहान ७ बजे शौचालय गएपछि स्वाँस प्रस्वासमा समस्या भइ फाउन्डेशन अस्पतालमै ल्याउँदा पुरुषको मृत्यु भएको हो । पाँच दिन देखि उनलाई ज्वरो आइरहेको र स्थानिय मेडिकलमा औषधी किनेर खाने गरेको बुझिएको छ ।

त्यसैगरि काब्या हस्पिटलमा समेत एकजना मुटु र दमका रोगीको मृत्यु भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमकुमार भट्टराईले उनी मुटु र दमको बिरामी रहेकाले कोरोना परिक्षणका लागि स्वाब संकलन गरी शव दाहसंस्कारका लागि परिवारजनलाई बुझाएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *