Main News

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन २५ गते ९:१३
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

२५ साउन, २०७७ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक जना संक्रमितको गएराति मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मृतक पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुष रहेको अस्पतालको विज्ञप्तीमा उल्लेख छ ।

डाइयबिटिजका बिरामी उनलाई यही महिनाको १७ गते संक्रमण पुष्टि भएपछि आइसीयुमा उपचार भइरहेको थियो।

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा मृत्यु हुने उनी तेस्रो हुन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *