Political Hightlights

नेकपामा तीन वटा विचार समूह बनेको र आफू कतै नरहेको गौतमको प्रष्टिकरण

हिमालय टिभी
२०७७ साउन २३ गते १८:१३
नेकपामा तीन वटा विचार समूह बनेको र आफू कतै नरहेको गौतमको प्रष्टिकरण

२३ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा तीन वटा विचार समूह बनेको र आफू कुनै पनि समूहमा नरहेको प्रष्टिकरण दिनुभएको छ ।

गौतमले आज वक्तव्य निकालेर आफू स्वतन्त्र बस्ने कोशिस गरेको र पछिल्लो ६ बुँदे प्रस्ताव त्यसैको उदाहरण रहेको प्रष्टिकरण दिनुभएको छ ।

गौतमका अनुसार अहिले नेकपामा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गरी तीन वटा नेताका समूह छन । उहाँका अनुसार यी समूह पार्टी भित्रको अन्तरविरोध हुल हुन नसक्दा बनेका हुन ।

गौतमले आफू तीन मध्ये कुनै पनि समूहसँग नजोडिएको र जोडिन पनि नचाहेको प्रष्ट पार्नुभएको छ । आफूलाई कुनैपनि गुटसँग जोडेर उल्लेख नगर्न पनि गौतमले अनुरोध गर्नुभएको छ । तर अध्यक्ष भएकोले ओली र प्रचण्डले भेट्न बोलाउँदा जाने र सल्लाह, सुझाव दिने गरेको उहाँको प्रष्टिकरण छ ।

पार्टी ओली र प्रचण्डले सँगै र एक्ला एक्लै बोलाउने भेला वा बैठक गुटको नहुने पनि गौतमको बुझाई छ । सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन आफ्नो कुनै भूमिका नभएको र त्यो आफ्नो सरोकारको विषय पनि नभएको गौतमले दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्