Political Hightlights

नेकपा अध्यक्ष ओली र प्रचण्ड आज पनि छलफलमा चर्काचर्की

हिमालय टिभी
२०७७ साउन २१ गते १२:५९
नेकपा अध्यक्ष ओली र प्रचण्ड आज पनि छलफलमा चर्काचर्की

२१ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ।

हिजो बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्र सल्लाह नगरी एकलौटी रुपमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ( मा विवादित पृष्ठभूमिका सुशील भट्टलाई नियुक्त गरेपछि दुईजनाबीच चर्काचर्की भएको हो।

बैठकमा दर्जनौं विकास आयोजना अलपत्र पारेका व्यक्तिलाई नै सरकारको लगानी बोर्ड जिम्मा लगाइनु बेठीक भएको अध्यक्ष प्रचण्डले राख्नु भएको थियो ।

पार्टीमा सल्लाह नै नगरी कमिसन एजेन्ट, इमेज ड्यामेज भएको मान्छेलाई नियुक्ति गरेको भन्दै प्रचण्डले बैठकको शुरुमै गम्भीर असहमति जनाउनु भइको थियो ।

आफूले जे गरे पनि पार्टीले समर्थन गर्छ भन्ने नठान्न पनि प्रचणडले ओलीलाई चेतावनी दिनुभएको थियो । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्