Main News

काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै सिंहदरबार प्रवेशका कडाइ

हिमालय टिभी
२०७७ साउन २१ गते १२:५५
काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै सिंहदरबार प्रवेशका कडाइ

२१ साउन, २०७७ काठमाडौं । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै सिंहदरबार प्रवेशमा थप कडाइ गरिएको छ ।

कोरोनाका संक्रमित बढ्दै गएपछि जोखिम बढेको भन्दै आजदेखि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।

अत्यावश्यक बाहेकका सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको सरकारले जनाएको छ । त्यसका लागि अस्थायी पास बन्द गरिएको सिंहदरबार गण प्रहरीले जनाएको छ ।

सिंहदरबारभित्र कार्यरत कर्मचारी, अत्यवाश्यक काम लिएर पुग्ने व्यक्ति, प्रेस पास लिएका पत्रकारलाई मात्रै प्रवेश दिइएको जनाइएको छ ।

संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरबारमा चाप कम गर्न यस्तो निर्णय गरिएको सरकारको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *