पर्सामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

२१ साउन, २०७७, पर्सा । पर्सामा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती रहेकी रहेको अस्पतालले जनाएको छ ।
सोमबार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा पठाइएको थियो। राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका फिजिसियन एवं गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिहले जानकारी दिनुभयो ।
युवतीको स्वाब रिपोर्ट पोजिटिभ आए पनि उनको मृत्युको घटना शंकास्पद देखिएको बताइएको छ। युवतीको घर पोखरीया ८ जगतपुर भएको र अविवाहित भए पनि गर्भवती भएको परिवारजनले थाहा पाए पछि उनको हत्या भएको पनि हुन सक्ने आशंका गरिएको छ।
प्रतिक्रिया