Political Hightlights

नेकपा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच छलफल

हिमालय टिभी
२०७७ साउन २० गते १७:०६
नेकपा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच छलफल

२० साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको विवाद समाधानका विषयमा उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्नुभएको छ ।

गौतमको निवास भैंसेपाटी पुगेर प्रचण्डले गौतमसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जान लागेका गौतमलाई रोकेर प्रचण्डले वार्ता गर्नुभएको हो ।

भेटमा गौतमले पार्टी भित्रको विवाद समाधानका लागि भन्दै गौतमले राखेको ६ बुँदे प्रस्तावमा छलफल भएको छ । गौतमको प्रस्तावमा प्रचण्डले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रचण्डले आफूहरु भन्दा पहिले प्रधानमन्त्री ओलीको राजिनामा मागेर पछि हटेकोमा पनि गौतमको आलोचना गर्नुभएको छ । ओलीले अहिले आफू र वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरुलाई बदनाम गर्ने काम गरिरहेको भन्दै त्यसमा साथ नदिन पनि गौतमलाई दबाब दिनुभएको छ ।

ओलीले स्थायी कमिटीलाई छलेर सचिवालय बसाल्न खोजेकाले यसमा सहमत नहुन पनि गौतमलाई सुझाव दिएको बताएका छन ।

जवाफमा गौतमले विगतमा पनि ओ‌लीले आफूलाई पटक–पटक धोका दिएको भन्दै पार्टी फुट्ने डरले मात्र आफूले ६ बुँदे पेस गरेको बताउनुभएको छ ।

तर आफू प्रचण्ड–नेपाल समुहसँगै रहेको पनि गौतमले प्रष्टिकरण दिनुभएको छ । प्रचण्डले स्थायी कमिटी र ओलीले सचिवालयबाट समस्याको समाधान खोज्नुपर्ने अडान राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्