Political Hightlights

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आज पनि छलफल

हिमालय टिभी
२०७७ साउन २० गते १२:५४
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आज पनि छलफल

२० साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) मा जारी विवाद समाधानका लागि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ ।

हिजोको छलफल सकारात्मक भएको र आजको बैठकले कुनै न कुनै निकास निकाल्ने नेकपाका नेताहरुले दाबी गरेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको छलफलले सकारात्मक नतिजा दिने आशामा आफुहरु रहेको बताउनुभएको छ ।

हिजो अध्यक्ष प्रचण्डसँगको छलफल लगत्तै आफ्नो निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीले छलफल जेरी जस्तै जेलिएको तर मिठासपुर्ण रहेको बताउनुभउको थियो ।

साउन १३ गते ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरुसहित बैठक राखेपछि टुटेको सम्वाद सुरु भएपनि सहमतिको ठोस खाका दुबै पक्षले ल्याउन सकेका छैनन् ।

दुई अध्यक्षसँगै वरिष्ठ नेता झलनाथ खनाल र नेता नेम्वाङ पनि छलफलमा सहभागि हुने गर्नुभएको छ । हिजो पनि अध्यक्ष प्रचण्डले स्वच्छाले दुई मध्ये एक पद छाडेर निकास दिन अर्का अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।

तर ओलीले अन्य विकल्पमा छलफल हुन सक्ने भन्दै दुबै पद नछाड्ने अडान दोहोर्याउनुभएको थियो । अध्यक्ष ओली उपाध्यक्ष बामदेव गौतमको छ बुँदे सहमतिको शुत्र वरीपरि रहेर सहमतिका लागि तयार देखिनुभएको छ । वामदेवको प्रस्तावमा ओलीले दुवै पद छोड्न नपर्ने तर कार्यकारी अध्यक्ष प्रचण्डलाई बनाउने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्