Political Hightlights

ओली–प्रचण्ड भेटवार्ता आज पनि निष्कर्षविहीन, भोलि पुनः छलफल हुने

हिमालय टिभी
२०७७ साउन १९ गते १२:५४
ओली–प्रचण्ड भेटवार्ता आज पनि निष्कर्षविहीन, भोलि पुनः छलफल हुने

१९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल विना निष्कर्ष सकिएको छ ।

स्थायी कमिटी वा सचिवालयमध्ये कुन बैठक बस्ने भन्नेमै दुई अध्यक्षबीच कुरा मिल्न सकेन । ओलीले पार्टीको विवाद समाधानका लागि सचिवालय बैठकको प्रस्ताव गर्नुभएको छ भने प्रचण्डले स्थायी कमिटी बैठकबाटै समस्याको समाधान खोज्नु पर्नेमा जोड दिनुभएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर सहमति खोज्ने प्रयास भएपनि सहमति हुन सकेन । बैठकमा सहभागी एक नेताका अनुसार कुरा मिल्न सकेन, विवाद जहाँको तहीँ छ । तर भोलि पनि छलफल गर्ने सहमति भएको छ ।

प्रचण्डले स्वेच्छाले दुई मध्ये एक पद छाडेर निकास दिन आग्रह गर्नुभएको छ भने ओलीले त्यसलाई अस्वीकार गर्नुभएको छ ।

उपाध्यक्ष बामदेव गौतमको छ बुँदे प्रस्तावको वरिपरि रहेर सहमति गर्न तयार रहेको ओलीले बताउनुभएको छ । वामदेवको प्रस्तावमा ओलीले दुवै पद छोड्न नपर्ने तर कार्यकारी अध्यक्ष प्रचण्डलाई बनाउने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्