सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीमा पहिरोमा परिएर दश जनाको मृत्यु

१९ साउन, २०७७ काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राजेश चौधरीको मृत्यु भएको छ ।
यस्तै २५ वर्षका विक्रम थिंग, २३ वर्षका मानबहादुर रुम्बा, २० वर्षका सिमन घ्लान, २१ वर्षका शिव बालक धामी र १७ वर्षका सोनम लामाको मृत्यु भएको छ । यस्तै भारतीय नागरिक ४२ वर्षका राजेन्द्र चौरसियाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।
अर्का भारतीय नागरिक बारु साहलाई भने जीवितै उद्धार गरिएको डिएसपी काफ्लेले जानकारी दिनुभयो । कवर्ड हल निर्माणका लागि खटिएका ९ जना मजदुर बसेको टहरोमा आज बिहान साढे तीन बजेतिर खसेको पहिरोले पुरिदा उनीहरुको मृत्यु भएको हो ।
यसैबीच सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मी क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोबाट दुवै जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
गएरातिको पहिरोले गाउँपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताउनुभयो ।
प्रतिक्रिया