Main News

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनाका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन १९ गते ९:२३
पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनाका कोरोना संक्रमण पुष्टि

१९ साउन, २०७७ पर्सा । पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै संक्रमित हुने १० देखि ६७ वर्ष उमेर समूहका छन् । गएराति संक्रमित पुष्टि भएकाहरु मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति हुन् ।

मास ट्रेसिङमा पीसीआर जाँच गराएका २६, एक घर एक परीक्षण जाँच गराएका ७ र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा प्रहरीका २ जना, सेनाका १ जना, पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका कर्मचारी ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक छन् ।

योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । पछिल्लो समय टोलटोलमै परीक्षण गर्न थालिएपछि समुदायमा रहेका संक्रमित फेला पर्न थालेका छन् ।

यसैबीच संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा आजदेखि जिल्लाभर नै अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा आज बिहान ५ बजेदेखि जिल्लाभर विस्तार गरिएको हो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *