Political Hightlights

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आज पनि छलफल

हिमालय टिभी
२०७७ साउन १९ गते ८:२९
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आज पनि छलफल

१९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ ।

आइतबारको छलफल सकारात्मक भएको र आजको बैठकले निकास निकाल्ने नेकपाका नेताहरुले दाबी गरेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको छलफलले केही न केही निकास दिने बताउनुभयो ।

साउन १३ गते ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरुसहित बैठक राखेपछि टुटेको सम्वाद आइतबार पुनः सुरु भएको र निश्कर्ष उन्मुख भएको नेम्वाङको दाबी छ ।

आइतबारको छलफलमा अध्यक्ष ओली र प्रचण्ड तथा वरिष्ठ नेता झलनाथ खनाल र नेम्वाङ सहभागि हुनुहुन्थ्यो । प्रचण्डले स्वच्छाले दुई मध्ये एक पद छाडेर निकास दिन आग्रह गर्नुभएको थियो । तर ओलीले अन्य विकल्पमा छलफल हुन सक्ने भन्दै दुबै पद नछाड्ने अडान दोहोर्याउनुभएको छ ।

बालुवाटार वार्तापछि ओली र प्रचण्डले आअफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ । प्रचण्डले हिजै साँझ सचिवालयका तीन नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसँग परामर्श गर्नुभएको छ ।

आजको छलफलमा केही सहमतिको प्रयास गरिने र उक्त सहमतिलाई सचिवालयबाट अनुमोदन गरेर स्थायी कमिटीमा लानेबारे दुबै पक्षका नेताहरुले छलफल गरेका छन् । उपाध्यक्ष बामदेव गौतमको छ बुँदे सहमतिको शुत्र वरीपरि रहेर सहमतिका लागि ओली तयार देखिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्