Main News
सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोमा आठ जना मजदुर पुरिए
२०७७ साउन १९ गते ८:२३
१९साउन, २०७७, चौतारा । सिन्धुपाल्चोकको मेलम्ची बजारको पिपलबोट छेउमा आएको पहिरोमा परी ८ जना मजदुर पुरिएका छन् ।
एक जनाको जिवितै उद्धार गरी उपचारका लागि पठाइएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।
कभर्डहल निर्माणको काममा खटिएका ९ जना मजदुर राति सुतिरहेका बेला पहिरो खसेको थियो । पुरिएका ८ जनाको खोजि कार्य जारी रहेको छ ।
प्रतिक्रिया