Main News

कृषि उत्पादनमा बढ्दो विषादीको प्रयोग, यस्तो धरापमा जनस्वास्थ्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १८ गते १९:३५
कृषि उत्पादनमा बढ्दो विषादीको प्रयोग, यस्तो धरापमा जनस्वास्थ्य (भिडियोसहित)

१८ साउन, २०७७ काठमाडौं । नेपालका ६७ प्रतिशत नागरिक कृषिमा आश्रित छन् । तीमध्ये अधिकांशले विषादीकै प्रयोग गरी खेतिपाती गर्छन् । विषादीको प्रयोग बढ्दै जाँदा नागरिकको स्वास्थ्यमा नकरात्मक असर पर्ने जोखिम बढिरहेको छ ।

हामीले बषौदेखि विषादीको प्रयोग गर्दै आएका छौँ । किरा मार्न, तरकारीलाई चम्किलो बनाउन प्रयोग गरिने विषादी कति हाल्ने ? कसरी हाल्ने ? यसले पार्ने असर कस्तो हुन्छ ? सोधिखोजी कसैले गर्दैनौँ । ननै विके्रताले यसले पार्ने प्रभावको बारेमा जानकारी दिने गरेका छन् ।

मापदण्ड बिना नै तरकारी तथा अन्नपातमा विषादी प्रयोग गर्दा कृषि उत्पादन प्रयोग गर्नेलाई मात्र हैन, विषादी छर्ने व्यक्तिलाई पनि विषादीले असर गर्छ । विषादी छर्ने व्यक्तिले सावधानी नअपनाउँदा, छाला चिलाउने, मुर्छा पर्ने, टाउको दुख्ने, आँखामा असर गरी दुष्टिविहिन हुने खतरा हुन्छ ।

विषादी प्रयोग गर्दा पुरै शरिर ढाक्ने, मास्क, टोपी लगाउने, आखाँमा चस्मा लगाउने, शरिर ढाक्ने कपडा लगाउनुपर्छ । तर किसानले कुनै सावधानी विनै किरा मार्ने र धेरै उत्पादन गर्ने लोभमा विषादी छरिरहेका छन् । जुन मापदण्ड अनुसार छैन ।

मापदण्ड बिना नै तरकारी तथा अन्नपातमा विषादी प्रयोग गर्दा कृषि उत्पादन प्रयोग गर्नेलाई मात्र हैन, विषादी छर्ने व्यक्तिलाई पनि विषादीले असर गर्छ । विषादी छर्ने व्यक्तिले सावधानी नअपनाउँदा, छाला चिलाउने, मुर्छा पर्ने, टाउको दुख्ने, आँखामा असर गरी दुष्टिविहिन हुने खतरा हुन्छ ।

त्यस्तै विषादी भएका खानेकुरा खाने व्यक्तिमा बाँझोपन देखिने, बालबालिका अपाङ्ग जन्मिने र सुस्त मनस्थितिका हुने, क्यान्सर, ट्युमर, नशा सम्बन्धि समस्या देखिने गरेको छ । त्यसैले विज्ञहरुले प्राविधिकको सल्लाह लिएर मात्र विषादि प्रयोग गर्न सल्लाह दिँदै आएका छन्।

आर्थिक वर्षा २०७६–७७ को तथ्याकं हेर्ने हो भने ९५ करोड रुपैयाँ भन्दा बढिको विषादी आयात भएको छ । नेपालमा बर्षेनी २७ सय ५९ मेट्रिक टन विषादी खपत हुने गरेको छ ।

जसले गर्दा हामी अधिकांसले विषादी भएको तरकारी तथा फलफूल खाइरहेका छौँ भन्ने पुष्टि हुन्छ । विषादीको प्रयोगलाई कम गर्न सकिएन भने हामी हरेकमा विषादीले पार्ने स्वास्थ्य समस्या बढ्दै जाने विज्ञको चेतावनी छ ।

त्यसैले स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले विषादीको प्रयोगमा कमी ल्याउन किसान,उपझोक्ता दुवै जना सजग हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *