Main News

जनकपुरधाममा भोलि रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ साउन १८ गते १७:२८
जनकपुरधाममा भोलि रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी

१८ साउन, २०७७, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि सोमबार माध्यरातदेखि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका अगामी आइतबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक कामबाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उहाँको भनाइ छ ।

निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ । धनुषामा एक जनाको कोरोनाले मृत्यु भएको छ भने उच्च अदालत जनकपुरका एक न्यायाधीश, प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सैयौं व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *