Main News

नेपालमा ३१५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००८६ पुग्यो

हिमालय टिभी
२०७७ साउन १७ गते १६:३६
नेपालमा ३१५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००८६ पुग्यो

१७ साउन, २०७७ काठमाडौं । नेपालमा थप ३१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६पुगेको छ ।

लकडाउन खुलेपछि एकैदिन भेटिएको यो अहिलेसम्मको उच्च संख्या हो । थपिएको सँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । पछिल्लो पटक भेटिएका मध्ये कैलालीमा मात्रै ८९ संक्रमित थपिएका छन् ।

यसैबीच थप ९३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोनामुक्त भएर घर फर्कनेको जम्मा संख्या १४ हजार ४ सय ९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *