Main News

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

हिमालय टिभी
२०७७ साउन १६ गते १६:५३
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

१६ साउन, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको ज्यान गएको छ । पर्साका तीन जना र पाटन अस्पताल ललितपुरमा एक जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर—१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते निजी क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए । १३ गते अस्पताल भर्ना उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो ।

वीरगञ्ज—२ का ६५ वर्षीय अर्का पुरुषको पनि साउन १५ कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

मधुमेहका विरामी ति महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *