निष्ठावान नेता-कार्यकर्तालाई तर्साउन ममाथि कारबाही गरियोः जोशी

१६ साउन, २०७७ काठमाडौं । पार्टी कारबाहीमा परेका कांग्रेस नेता गोविन्दराज जोशीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गलत गतिविधिको विरोध गर्ने निष्ठावान कार्यकर्तालाई तर्साउन आफुलाई कारबाही गरिएको टिप्पणी गर्नुभएको छ ।
आफ्ना मान्छेलाई मात्र टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफुमाथि कारबाही भएको बताउनुभएको छ ।
नेता जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफुलाई कारबाही गरिएको बताउनुभएको हो ।
नेता जोशीले आफुमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताउनुभयो ।
उहाँले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको पनि बताउनुभयो ।
नेता जोशीले कांग्रेसमा न्याय हराएको दाबी समेत गर्नुभएको छ । उहाँले न्याय बिनाको निर्णय र प्रवृत्ति विरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन नसक्दासम्म कांग्रेस जोगिन नसक्ने बताउनुभयो । ।
प्रतिक्रिया