Main News

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५० पुग्यो

हिमालय टिभी
२०७७ साउन १४ गते १६:४६
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५० पुग्यो

१४ साउन, २०७७ पर्सा । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । वीरगञ्जका एक वृद्धको उपचारका क्रममा आज मृत्यु भएको हो ।

वीरगञ्जको रेशमकोठीका ६८ वर्षीय वृद्धको नारायणी अस्पतालको गण्डक कोभिड उपचार केन्द्रमा आज बिहान साढे १० बजे मृत्यु भएको हो ।

उनमा मुटुको समस्यासमेत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो । उनी यही ८ गते विरामी भएर अस्पतालमा भर्ना भएको र परीक्षणका क्रममा संक्रमण देखिएको उपाध्यायले बताउनुभयो ।

वीरगञ्जमा अहिलेसम्म एक भारतीय सहित ७ जना संक्रमितको मृत्यु भइसकेको छ । यो सँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा भने पछिल्लो पटक भएको मृत्युबारे जानकारी गराएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *