Main News

जाजरकोटमा च्याउ खाएर मृत्यु हुनेको संख्या ४ पुग्यो

हिमालय टिभी
२०७७ साउन १३ गते २०:०१
जाजरकोटमा च्याउ खाएर मृत्यु हुनेको संख्या ४ पुग्यो

१३ साउन, २०७७, जाजरकोट । जाजरकोटमा च्याउ खाएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

जिल्लाको कुशे गाउँपालिका– १ का टेकबहादुर चलाउनेको घरमा गत साउन १० गते जंगलबाट च्याउ ल्याएर पकाइ खाँदा आठ जना बिरामी परेको र ती मध्ये चार जनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

च्याउ खाएर बिरामी परेकी दुई वर्षकी अनुजा चलाउनेको गत साउन ११ गते निधन भएको र अन्य घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत ल्याई उपचारका क्रममा थप तीन जनाको ज्यान गएको छ भने चार जना घाइतेको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा १५ वर्षकी औशरी चलाउनेको हिजो राति निधन भएको र आज दिउँसो वर्ष १२ की धनशरा कुमारी चलाउने र मामाघरमा आएकी आठ वर्षकी निरुता सिंहको निधन भएको हो ।

घाइते हुनेमा टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने र पशुपति चलाउनेको उपचार भइरहेको छ । उचाररत चार जनाको अवस्था मध्यम रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव निरीक्षक नवराज शाहीले जनारकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *