१३ साउन, २०७७ काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधाराको चौरमा एउटी नवजात बालिका बेवारिसे अवस्थामा फेला परेकी छन् ।
झाडीमा बाक्सामा हालेर राखिएको अवस्थामा बालिका फेला परेकी हुन् । बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको अवस्थामा बच्चा फेला परेको हो । घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको अवस्थामा थियो।
कार्टुनभित्र बच्चा देखेपछि केटाकेटीले वरपर खबर गरेका थिए । हाल बालिका केयर बाल गृहमा रहेको बताइएको छ।