Main News

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन १३ गते १६:२७
नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षीय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ति पुरुषमा दमको समस्या थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । मंगलबार ३ सय ११ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

मंगलबार पीसीआर विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । योसँगै आजसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण भएको छ ।

५ हजार १ सय २९ जना अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार १ सय २१ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ८ सय ७५ रहेको छ । देशभरीका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।

सरकारले उपत्यका छिर्ने मुख्य नाकाहरुमा कोरोना परीक्षणका लागि नमुना संकलन गरिरहेको छ । आज दिउँसो ४ बजेसम्म फर्पिङ नाकाबाट ४ सय ५५। थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा ९ सय ४४ गरी ४ हजार ८ सय १३ वटा नमुना संकलन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *