Main News

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४९ पुग्यो

हिमालय टिभी
२०७७ साउन १३ गते १५:०८
कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४९ पुग्यो

१३ साउन, २०७७ बझाङ । नेपालका कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

पछिल्लो पटक बझाङको बुंगल नगरपालिका वडा नम्वर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । १४ दिन क्वारन्टिनमा बस्दा कुनै लक्षण नदेखिएपछि उनी साउन ६ गते घर गएका थिए ।

अकस्मात स्वास्थ्यमा समस्या आएर घरमै उनको साउन ९ गते मृत्यु भएको थियो । मृत्यु पछि पीसीआर परीक्षण गर्दा हिजो कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *