Main News

सरिता गिरीको स्थानमा लीला सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित

हिमालय टिभी
२०७७ साउन १२ गते १७:०९
सरिता गिरीको स्थानमा लीला सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित

१२ साउन, २०७७ काठमाडौं । निर्वाचन आयोगले लीला सिटौला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ ।

जनता समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

पार्टीले गिरीलाई निष्कासन गरेपछि रिक्त रहेको समानुपातिकतर्फ खस–आर्य समूहमा सिटौलालाई जनता समाजवादी पार्टीले सांसद बनाएको हो ।

नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको सांसद र पार्टी सदस्य दुवै नरहने गरी कारबाही गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *