Main News

विराट अस्पतालका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन १२ गते १२:३८
विराट अस्पतालका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

१२ साउन, २०७७ विराटनगर । कोरोना संक्रमित विराट अस्पतालका चिकित्सकको सम्पर्कमा आएका थप चार जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका चिकित्सकको सम्पर्कमा आएका चार जनाको परीक्षण रिपोर्ट समेत पोजेटिभ आएको हो । संक्रमित चिकित्सकको सम्पर्कमा आएका ५५ जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो ।

उनीहरु चारैजना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवं स्टाफ नर्स हुन् । अन्य ५१ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ ।

उता अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

गत मंगलबार अस्पतालका ६५ वर्षीय चिकित्सकमा संक्रमणको पुष्टि भएको थियो । संक्रमण लगत्तै उनी सम्पर्कबिहीन भएका थिए । झण्डै ३८ घण्टापछि विराटनगर महानगरपालिकाको सम्पर्कमा आएका उनी शुक्रबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

एक रात बीपीमा भर्ना भएका उनी शनिबार काठमाडौंको शिक्षण अस्पतालमा भर्ना भएका छन् । विराटनगर अस्पताल सील गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *