Main News

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४७ पुग्यो

हिमालय टिभी
२०७७ साउन १२ गते ९:११
नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४७ पुग्यो

१२ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

पर्सा र धनुषामा एक एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्वर १० आदर्शनगरका मृतक ६५ वर्षीय वृद्धसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएको थियो ।

यस्तै धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका वडा नम्वर ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि थप सुरक्षा सतर्कता अपनाउने तयारी भएको जानकारी दिनुभयो ।

मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *