Main News
बागलुङमा पहिरोमा परी एक जनाको मृत्यु, एक जना बेपत्ता
२०७७ साउन ११ गते १२:३८

११ साउन, २०७७, बागलुङ । बाग्लुङको पहिरोमा परी बेपत्ता दुई जनामध्ये एक जनाको शव फेला परेको छ।
बागलुङ नगरपालिका(१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुर्दा दुई जना बेपत्ता भएका थिए ।
तीमध्ये बाग्लुङ(५ मालिकाका ट्रयाक्टर चालक २५ वर्षीय धनबहादुर किसानको शव फेला परेको हो। उनीसँगै बेपत्ता भएका अर्का एकजना टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो।
पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खटिएका थिए। निरन्तर पहिरो खसेकाले जोखिम भएपछि राति उद्धार रोकिएको थियो।
ढुंगा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरेको हो ।
प्रतिक्रिया