Main News

आज घरघरमा नागको तस्वीर टाँसेर नागको पूजा गरिँदै

हिमालय टिभी
२०७७ साउन १० गते ८:१६
आज घरघरमा नागको तस्वीर टाँसेर नागको पूजा गरिँदै

१० साउन, २०७७ काठमाडौं । आज साउन शुक्ल पञ्चमी, नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ ।

नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ ।

काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र चाँगुनारायणको कल्पेश्वर नागमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ ।

शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महìव रहेको वर्णित छ । नागपञ्चमीसँगै हिन्दु नेपालीहरुको चाड पर्व शुरु भएको मानिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *