९ साउन, २०७७ पर्सा । गण्डक कोरोना भाइरस अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
बृद्धाको उपचारको क्रममा आज विहान साढे ११ बजे मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।
केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई हिजो एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।