Main News

१४७ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

हिमालय टिभी
२०७७ साउन ८ गते १९:०५
१४७ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

साउन, २०७७ काठमाडौं । नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिएका छन् । उपत्यकाका तीनवटै जिल्लामा संक्रमित थपिएका छन् । काठमाडौंमा ५ तथा ललितपुर र भक्तपुरमा २(२ नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कञ्चनपुरमा सबैभन्दा बढी ३० र दैलेखमा २४ जना संक्रमित थपिएका छन् । यस्तै पर्सामा १७, रुपन्देहीमा १३, मोरङमा ८ तथा डोटी र सप्तरीमा ७(७ जनामा संक्रमण देखिएको छ ।

सुर्खेतमा ५, पर्वतमा ३, धनकुटा, सुनसरी, सिरहा, कास्की, प्युठान, डढेलधुरा र कैलालीमा २(२ तथा स्याङ्जा, नवलपरासी, सल्यान, बझाङ, महोत्तरी र झापामा १(१ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक संक्रमणमुक्त भएर थप १ सय ५६ जना देशका विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

यो सँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त भनिएको धनकुटामा फेरि संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *