Main News

कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन ७ गते ८:५६
कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

७ साउन, २०७७, सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ ।

चार दिनअघि उच्च ज्वरो र खोकी लागेर इमरजेन्सी कक्षमा उपचारका लागि लगिएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो ।

उनी उपचारमा आउँदानै गम्भीर बिरामी भएकोले आइसियुमा राखेर उपचार गरिँदै आएकोमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उनमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसन कक्षको आइसियुमा भर्ना गरिएको थियो । प्रवक्ता सापकोटाका अनुसार पछिल्लो समय उनको मिर्गौलाले काम नगरेकोले डाईलासिस पनि गर्नुपरेको थियो भने निमोनिया पनि देखिएको थियो ।

यसअघि सप्तरीको राजविराजका एक जना संक्रमितको गत हप्ता पनि मृत्यु भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *