उपसभामुखको निर्वाचन छिटोभन्दा छिटो गर्न माग
६ साउन, २०७७ काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले छिटो भन्दा छिटो उपसभामुखको निर्वाचन गर्न माग गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटालाई सिंहदरबारमा भेटेर सञ्जालको टोलीले छिटो उपसभामुखको चुनाव गर्न माग गरेको छ ।
जवाफमा सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीदेखि दलका नेताहरुसँग छलफल गर्दा पनि उपसभामुखको पदपूर्ति हुन नसकेको बताउनुभयो ।
उपसभामुख पद माघ ६ गतेदेखि रिक्त छ । तर उपसभामुख चयन गर्न दलहरुले ध्यान दिएका छैनन । संविधानमा सभामुख र उपसभामुख फरक लिंग र राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ ।
छलफलमा सभामुख सापकोटाले हरेक नागरिकले अधिकार उपयोग गर्न पाए मात्रै राष्ट्रिय एकता कायम हुने बताउनुभयो ।
अन्तर पार्टी महिला सञ्जालले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको ध्यानाकर्षण गराएको को छ ।
प्रतिक्रिया