नेपालमा थप १५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

६ साउन, २०७७ काठमाडौं । नेपालमा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५० संक्रमित थपिएको जानकारी दिनु भएको हो । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरीका विभिन्न आइसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् ।
क्वारन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
प्रवक्ता गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कम भएका कारण सरकारले भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय नगरेको बताउनुभयो । हवाई माध्यमबाट हुने व्यापार व्यवसायको असरलाई ध्यानमा राख्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सुचारु भएको उहाँले बताउनुभयो ।
नियमित उडान बन्द भएकाले स्वदेशबाट विदेश जान तथा विदेशबाट फर्किन समस्या भएकाले त्यसको सहजिकरणका लागि सरकारले हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट हवाई उडान खुल्ला गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया