Main News

काठमाडौंको टोखामा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

हिमालय टिभी
२०७७ साउन ६ गते १६:१५
काठमाडौंको टोखामा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

६ साउन, २०७७, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

आज दिउँसो खाने समयमा आएको पहिरोले पुरिएर तीन वर्ष दुई बालबालिका जुम्ल्याहा बालबालिकाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेनमा सचिन राना र सन्धा राना छन् ।उनीहरुको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *