पहिरोमा परिएर काठमाडौं र दार्चुलामा तीन जनाको मृत्यु

५ साउन, २०७७ काठमाडौं । पहिरोमा पुरिएर काठमाडौं र दार्चुलामा तीन जनाको मृत्यु भएको छ ।
दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अविरल वर्षाका कारण पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको र परिवारका अन्य सदस्य सकुशल रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो ।
यसैगरी, पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा एक जनाको मृत्यु भएको छ।
हिजो साँझ आएको पहिरोमा पुरिएर लमजुङ स्थायी ठेगाना भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको वडाध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिनुभयो । गुरुङको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ। सांकेतिक तस्वीर
प्रतिक्रिया