Political Hightlights

ओली–प्रचण्ड दुई घण्टा लामो छलफल पनि निष्कर्षविहीन

हिमालय टिभी
२०७७ साउन ४ गते १९:३८
ओली–प्रचण्ड दुई घण्टा लामो छलफल पनि निष्कर्षविहीन

४ साउन, २०७७ काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साढे दुई घण्टा छलफल भएको छ ।

बालुवाटारमा भएको आजको छलफल पनि निचोडमा पुग्न नसकेको बताइएको छ । विहान माधवकुमार नेपाल सहितका नेतासँगको छलफलमा ओलीसँग कुनै सहमति नगरेको प्रष्टिकरण दिएर प्रचण्ड ओलीलाई भेट्न बालुवाटार जानुभएको थियो ।

तर छलफलमा दुवै नेता पुरानै अडानमा कायम रहेकोले सहमतिको ठोस विकल्पमा समझदारी जुट्न नसकेको बताइएको छ ।

हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले गरेको अर्ली महाधिवेशनको प्रस्तावमा प्रचण्डको समेत समर्थन भएपछि सहमति हुने संभावना बढेर गएको थियो । तर विहानदेखि फेरि स्थिति फेरिएको छ ।

माधवकुमार नेपालको गम्भीर असहमतिपछि प्रचण्ड पछि हटेको स्रोतको दाबीछ । स्रोतका अनुसार प्रधानमन्त्रीले ओलीले त्यसैमा प्रचण्डलाई मनाउन कोशिस गरिरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्